Logo

पाँचथरमा करेन्ट लागि एक बालकको मृत्यु



Spread the love
सांकेतिक तस्बिर

२६ वैशाख, पाँचथर ।
पाँचथरमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । पाँचथर सिवास्थित मगरगाउँमा गत राती करेन्ट लागी बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सोहि स्थानमा बसोवास गर्ने ११ वर्षीय सनम सारु मगर रहेको प्रहरीले बताएको छ ।

साथीहरुसँग खेल्न गएका मगर बिजुलीको पोलमा चढ्ने क्रममा उनलाई करेन्ट लागेको हो । उक्त घटनामा गम्भिर घाइते भएका सनमलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएका थिए तर बाटैमा ज्यान गएको भनी डाक्टरले घोषणा गरेको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्