Logo

सुर्खेतमा एक महिलाले खुवाइन वृद्धलाई दिसा



Spread the love

२६ वैशाख, सुर्खेत ।

सडक खन्ने विषयमा विवाद हुँदा सुर्खेतको बराहताल गाउँपालिका-७ बरैचेकी ४६ वर्षीय भविसरा दंगालीले ६० वर्षीय तेजबहादुर खत्रीलाई दिसा खुवाइकी छिन् ।

प्रहरीका अनुसार सडक खन्ने क्रममा भविसराको जमिनलाई माटो र ढुंगाले पुरिएपछि रिसको झोकमा निर्माण उपभोक्ता समितिका अध्यक्ष वृद्ध खत्रीलाई दिसा खुवाएकी हुन् ।

उक्त घटनालाई समितिका अध्यक्ष खत्रीले प्रहरीमा उजुरी गरे पश्चात ति महिलालाई प्रहरीले पक्राउ गरेको हो । भविसराले आफू आवेशमा आएर टपरीमा लुकाइछिपाइ लिएको दिसा वादविवाद हुने क्रममा खत्रीको मुखमा कोचि दिएको स्वीकार गरेकी छन् ।

प्रहरीले पीडक दंगालीलाई नियन्त्रणमा लिई मुलुकी अपराध सहिंता ऐन २०७४ को परिच्छेद १० को दफा १६८ बमोजिम अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा अदालतबाट म्याद थपी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्