Logo

२३ नेपाली चेलीको उद्धार



Spread the love

२६ वैशाख, झापा । बिहीबार वैदेशिक रोजगारीको झुटो आस देखाएर अवैध रुपमा तेस्रो मुलुक लागिरहेको अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट उद्धार गरिएको छ ।

बिहान १०ः३० बजे ती नेपाली चेलीहरुलाई भारतीय सरकारको सहयोगमा उद्धार गरि काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रजिअ जनकराज दाहालले बताए । म्यानमारसँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फाईबाट ती महिलालाई उद्धार गरिएको थियो ।

पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्