Logo

लन्डनको आक्रमणमा नेपाली सुरक्षित, तर त्रसित



Spread the love

london

लन्डनको वेस्टमिनिस्टरमा बुधवार भए आतंककारी आक्रमणमा एक प्रहरी अधिकृतसहित चारजना मारिएका छन् ।

बेलायती संसदभवन नजिक अन्धाधुन्द कार हाँकेर गरिएको आक्रमणमा पैदल हिँडिरहेका कम्तीमा २९ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

घटनापछि बेलायतका नेपालीसमेत त्रसित छन् । ‘बेलायतमा पनि ढुक्कसँग बस्न सकिएन’ एक नेपालीले भनेको  खबर आजको कान्तिपुरमा छापिएको छ ।

उक्त आक्रमणमा हालसम्म नेपाली परेको खबर नआएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए ।

प्रतिक्रिया दिनुहोस्