Logo

७ ट्र्याक्टर नियन्त्रणमा



Spread the love

 

२६ बैशाख, काठमाडाैँ – शुक्लाफाँटा नगरपालिका–११ सनवोरा नदीबाट अवैध रुपमा बालुवा उत्खनन् गरी बिक्री गर्ने कार्यमा संलग्न ७ चालकलाई ट्र्याक्टरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

नगरपालिकाका नगर उपप्रमुख तुलसीदेवी हमाल र वडाध्यक्ष दिलबहादुर बुढाको पहलमा इलाका प्रहरी कार्यालय झलारीको टोलीले आज ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको हो । अवैध रुपमा बालुवा उत्खनन्ले बर्सेनी नदीमा आएको बाढीले स्थानीयवासीको जग्गा कटान गर्दै आएको छ । उत्खनन् कार्य निरुत्साहित गर्नका लागि कारवाही स्वरुप ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको वडाध्यक्ष बुढाले बताए ।

“नदीको बगरलाई आफ्नो जग्गा भनेर बालुवा बिक्री गर्ने विरुद्ध कारवाही हुन्छ”, उनले भने । प्रथम पटकका लागि उत्खनन् नगर्ने शर्तमा कागज गराएर छाडिने इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए । सनवोरा नदीको पिपलाडी र रानीपुर क्षेत्रमा समेत अवैध बालुवा उत्खनन् जारी छ ।

प्रतिक्रिया दिनुहोस्