Logo

बटुकलाई आर्थिक सहयोग



Spread the love

२६ बैशाख, पोखरा – पोखरा–३२ स्थित राधाकृष्ण गुरुकूल संस्कृत विद्यालयलाई आर्थिक सहयोग प्रदान गरिएको छ । सो विद्यालयको वार्षिकोत्सवका अवसरमा शुक्लागण्डकी नगरपालिका–३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले बटुक छात्रलाई रु २० हजार र सोही विद्यालयमा अध्ययनरत २५ जना बटुकलाई एक वर्षका लागि आवश्यक खाद्यान सामग्री प्रदान गरेका हुन् ।

यसअघि पनि उनि धर्म संस्कृतिको संरक्षण र सम्बर्द्धनका लागि आर्थिक सहयोगका साथै खर्च अभावमा शिक्षा स्वास्थ्यलगायतबाट वञ्चित बटुकलाई सहयोग गर्दै आइरहेका थिए ।

सो अवसरमा आयोजित कार्यक्रममा प्राज्ञ साहित्यकार एवं मन्दिरका अध्यक्ष मुकुन्दशरण उपाध्याय, राधाकृष्ण मन्दिर वृद्ध आश्रमका अध्यक्ष प्रेम लिगल, राधाकृष्ण साहित्य समूहका अध्यक्ष भोलाप्रसाद भण्डारी, राधाकृष्ण मन्दिरका अध्यक्ष कृष्णप्रसाद अधिकारी र साहित्यकार फणिनारायण सिग्देलले सामाजिक व्यक्तित्वको सहयोगमा संस्कृत विद्यालय अगाडि बढ्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्