Logo

बालिका विवाह गर्ने पक्राउ



Spread the love

२६ बैशाख, इलाम – १३ वर्षीया बालिकालाई ललाई फकाई विवाह गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङलाई बालिकासँग विवाह गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताए । फिदिमस्थित शिवालय मन्दिरमा ल्याई सिन्दुर पोते गरी विवाह गरेको भन्दै बालिकाका अभिभावकले बुधबार तामाङ विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

सोही आधारमा तामाङलाई पक्राउ गरिएको पौडेलले बताए । तामाङलाई पक्राउ गरी बाल विवाह मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान गर्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्