Logo

राष्ट्रिय पुरुष भलिबल,आर्मीलाई सोझो सेटमा हराउँदै पुलिस विजयी



Spread the love

२७ बैशाख, ताप्लेजुङ – साविकको विजेता नेपाल पुलिस क्लबले तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।

नारायणी माविको खेल मैदानमा पुलिसले आर्मीलाई २५-१७,२५-१३ र २५-१९ को सेटमा हरायो । योसंगै पुलिसले दोस्रो पटक उपाधिमा कब्जा जमाएको छ ।

प्रतिक्रिया दिनुहोस्