Logo

एएफसी यु–१६ च्याम्पियनसिप छनोट तालिका सार्वजनिक, नेपाल कठिन समुहमा



Spread the love

२७ बैशाख, काठमाडौं – नेपाल एएफसी यु–१६ च्याम्पियनसिप छनोटको कठिन समुहमा परेको छ । एएफसीले बिहिबार सार्वजनीक गरेका समुह तालिका अनुसार नेपाल समुह एमा परेको छ ।

नेपाल रहेको समुहमा ताजकिस्तान, जोर्डन, श्रीलंका र कुवेत रहेका छन् । नेपाल रहेको समुहको छनोट प्रतियोगिता जोर्डनमा आयोजना हुनेछ ।

छनोटको शीर्ष टिम प्रतियोगिताका लागि छानिनेछ । चार उत्कृष्ट उपविजेताले समेत फाईनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्