Logo

सिन्धु गोल्डकपः उपाधिका लागि जावलाखेल र गोर्खा ब्वाईज भिड्ने



Spread the love

२७ बैशाख, सिन्धुपाल्चोक – जावलाखेल युथ क्लब सिन्धु गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा आयोजक युथ स्पोर्ट्स क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै जावलाखेल फाइनल प्रवेश गरेको हो ।

निर्धारित खेल २–२ गोलको को बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरमा गरिएको थियो ।

खेलमा अग्रता २५ औ मिनेटमा जावलाखेलले फोडे फुफानाको गोलबाट लिएको थियो । खेलको ५५ औ मिनेटमा आयोजकका बीएम कुथुले गोल गर्दै खेल बराबरीमा ल्याए ।

आयोजकका सुरेश खत्रीले ६० औ मिनेटमा गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए । तर ८२ औं मिनेटमा गौतम श्रेष्ठले खेल बराबरीमा सकाए ।

युथ स्पोर्टस्का बीएम कुथु र सञ्जिब लामा पेनाल्टी सुटअाउटमा चुक्दा जावलाखेल फाइनलमा प्रवेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्