Logo

विमानस्थलको सुरक्षामा हेलचेक्र्याइँ : विदेशीलाई सेटिङमा भिसा



Spread the love

२७ बैशाख, काठमाडौं ।

गैरकानुनी ढंगले नेपाल प्रवेश गरेका एक विदेशी नागरिकले रहस्यमय ढंगले त्रिवि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा (भिसा) लिएको खुलेको छ। यो खबर आजको अन्नपूर्ण दैनिकमा छ ।

नेपालको भिसा नभएका रोमानियाका नागरिक अत्तिला इयुमस भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गरेका थिए। उनीसँग नेपालको भिसा छैन। नेपाल भित्रिएको आगमन छाप छैन। बोर्डिङ पास समेत छैन। तर पनि उनलाई कसरी त्रिवि अध्यागमन कर्मचारीले भिसा दिए ? नाका छलेकाले उनी कहिले नेपाल प्रवेश गरे, त्यो समेत अध्यागमनसँग छैन। गैरकानुनी ढंगले नेपाल प्रवेश गर्नुको उद्देश्य समेत खुलेको छैन।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएको प्रहरी र त्यहाँको अध्यागमन कार्यालयका कर्मचारीले सुरक्षा संवेदनशीलता नअपनाउँदा आगमन कक्षमा गएर उनले १५ दिनको भिसा लिएका हुन्।

अध्यागमन कार्यालयको आगमन कक्षसम्म रोमानियाका नागारिक पुर्‍याउन प्रहरीले सहयोग गरेको देखिएको छ। घटनामा दुई प्रहरी र दुई अध्यागमनका कर्मचारीको संलग्नता देखिएको छ।

प्रतिक्रिया दिनुहोस्