Logo

छुट भूकम्पपीडितको जाँच अवधि थप



Spread the love

२७ बैशाख, काठमाडौं ।

लाभग्राहीको सूचीमा पर्नबाट छुटेका भूकम्पपीडितका लागि अन्तिमपटक गरिएको छुट तथा पुनः जाँच सर्वेक्षणको समयावधि थपिएको छ । वैशाख मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत स्थलगत लगत संकलनको समयावधि जेठ मसान्तसम्म पु¥याइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले विशेष कारणवश सबै जिल्लामा स्थलगत लगत संकलन समयमै सुरु गर्न नसकिएकाले म्याद थपिएको जानकारी दिए । प्राविधिक तथा इन्जिनियरहरुको आन्दोलनका कारण पुनः जाँच कार्यक्रमसमेत प्रभावित बन्न पुगेको थियो ।

प्राधिकरणले तोकेको अवधिभित्र आ–आफ्नो क्षेत्रमा खटिएका प्राविधिकमार्फत् वडामा पुगेर आफ्नो लगत संकलन गराउन सबै गुनासोकर्तालाई आग्रह गरेको छ । प्राधिकरणले हाल सबै जिल्लामा सर्वेक्षण भइरहेको जानकारी दिँदै केन्द्रीय सूचना प्रणालीमा ७ हजार गुनासोकर्ताको विवरण प्राप्त भएको जनाएको छ ।

प्राधिकरणबाट स्थानीय तहमा खटिएकामध्ये तोकिएका करिब ५ सय ५० इन्जिनियरले गुनासोकर्ताको घरघर गई लगत संकलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्