Logo

गैरकानुनी आर्जनविरुद्ध आक्रामक कारबाही थालिँदै, २ सय उजुरीको पोको खोलिने



Spread the love

२७ बैशाख, काठमाडौं ।

राज्यलाई ठगी गर्दै अवैधानिक रूपमा अकुत सम्पत्ति कमाएकामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । पछिल्लो समय केही सुस्ताएको विभागले विभिन्न क्षेत्रका २ सयवटा उजुरीमाथि एकैपटक छानबिन तथा अनुसन्धान थालेको हो । यो खबर आजको राजधानी दैनिकमा छ ।

गैरकानुनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानुनी स्रोतबाट प्राप्त भएको देखाउने र त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने प्रवृत्तिसमेत निरुत्साहित गर्ने गरी विभागले छानबिनलाई तीव्रता दिएको छ । विभागका महानिर्देशक रूपनारायण भट्टराईले अवैध रूपमा सम्पत्ति आर्जन गरी राज्यकोषमा ठगी गर्नेहरुमाथि कठोरतापूर्वक छानबिन थालिने जानकारी दिए ।

‘अवैध सम्पत्ति आर्जन गर्नेहरुलाई कानुनी दायरामा ल्याएर सम्पत्ति जफत गर्ने अभियानलाई अब तीव्रता दिनेछौ,’ विभागका महानिर्देशक भट्टराईले भने ।

विभागले प्राप्त उजुरीलाई रेड जोन, एलो जोन र ग्रिन जोनमा वर्गीकरण गरी अनुसन्धान थालेको छ । रेड जोन र एलो जोनअन्तर्गतका मुद्दालाई बढी प्राथमिकतासाथ अनुसन्धान गरिने विभागका महानिर्देशक भट्टराईले बताए । उनका अनुसार रेड जोन र एलो जोनमा राखिएका उजुरी गम्भीर प्रकृतिका छन् त्यसैले ती उजुरीलाई बढी प्राथमिकतामा राखी अनुसन्धान थालिनेछ । एक साताअघि मात्रै विभागमा आएका महानिर्देशक भट्टराईले अब सबै प्रकारका उजुरीको गम्भीरतापूर्वक अनुसन्धान थालिने बताए ।

प्रतिक्रिया दिनुहोस्