Logo

विद्युत् नियमन आयोगको कार्यारम्भ



Spread the love

२७ बैशाख, काठमाडाैँ – विद्युत् नियमन आयोगले आजदेखि विद्युत् विकास विभाग परिसर सानो गौचरनमा कार्यारम्भ गरेको छ । सो अवसरमा आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाई विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम राख्न प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने बताए ।

साथै आयोगले विद्युत् महशुल नियमन गर्न, विद्युत् उपभोक्ताको हक र हित संरक्षण गर्न, विद्युत्को बजारलाई प्रतिस्पर्धात्मक तथा विद्युत् सेवालाई भरपर्दो, सर्वसुलभ, गुणस्तरयुक्त तथा सुरक्षित बनाउन प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने जनाएको छ ।

सरकारको १० वर्षमा १० हजार मेगावाट आन्तरिक खपतको लागि र निर्यातको लागि पाँच हजार मेगावाट विकास गर्ने लक्ष्य पूरा गर्न आयोगले प्रभावकारी रुपमा नियमनकारी भूमिका निर्वाह गर्ने अध्यक्ष सिंहले प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्