Logo

७ हजार घुस लिएको आरोपमा पक्राउ



Spread the love
सांकेतिक तस्बिर

२७ बैशाख, रूकुम – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौफा सब डिभिजन वन कार्यालय, चौरजहारी, रूकुम पश्चिममा कार्यरत फरेष्टर महेन्द्र विसीलाई रु ७ हजार घुस लिएको अभियोगमा हिजो पक्राउ गरेको छ ।

वन कटान आदेशको काममा सहजीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले मुसीकोट नगरपालिका–१ कालिका मन्दिर नजिकको खाजा घरबाट पक्राउ गरेको हो । आरोपी फरेष्टरको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्