Logo

तमिल नाडुका १३ ठाउँमा मतदानको मिति तय



Spread the love

२६ वैशाख, नयाँ दिल्ली – भारतको तमिल नाडुका १३ ठाउँमा यही मे १९ तारिखका दिन पुनः मतदान गराउन निर्वाचन आयोगले मिति तोकेको छ ।

भारतमा भइरहेको लोकसभा निर्वाचनअन्तर्गतको सातौँ चरणको निर्वाचन हुने दिन नै ती ठाउँहरुमा पनि मतदान गराउन आयोगले मिति तोेकेको हो ।

तमिल नाडुमा ३८ निर्वाचन क्षेत्र रहेको छ । ती निर्वाचन क्षेत्रहरुमा दोस्रो चरणअन्तर्गत गत अप्रिल १८ तारिखका दिन मतदान भएको थियो ।

तीमध्ये धर्मपुरीका आठ मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ । त्यसैगरी थेनीका दुई ठाउँ र कुड्डालोर, तिरुभाल्लु र इरोडका एक एक ठाउँमा पनि फेरी मतदान हुन लागेको हो ।

तमिल नाडुका प्रदेश प्रमुख निर्वाचन अधिकृत सत्यब्रत साहुले तमिल नाडु प्रदेशअन्तर्गतका १३ मतदान केन्द्रमा पुनः मतदान हुन लागेको जानकारी दिए ।

ती ठाउँहरुमा लोकसभा निर्वाचनका लागि गत अप्रिल १८ मा मतदान भएकोमा गडबढी भएकाले यही मे १९ मा फेरी मतदान गर्नुपरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्