Logo

पर्यटक जस्ता कर्मचारी भएपछि अनि कसरी देशको समृद्धि हुन्छ त !



Spread the love

२७ बैशाख,काठमाडौं ।

प्रदेश २ सरकारका मन्त्रालय सुनसान छन्। सचिव र उपसचिवका कार्यकक्ष रित्तै छन्। आएका कर्मचारी सरुवा भएर गइसकेका छन्। उनीहरूका ठाउँमा नयाँ कर्मचारी आएका छैनन्। संघले समायोजनमा पठाएका कर्मचारीलाई सरकारले पदस्थापन गर्न सकेको छैन।

सोमबारको मन्त्रिपरिषद् बैठकले प्रदेश २ मा पाँच सचिव पठाउने निर्णय गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयका सचिव पुष्कर घिमिरे मात्र हाजिर भएका छन्। चार जना अझै आएका छैनन्। संघीय सरकारले अवकाश हुन लागेका कर्मचारी मात्र पठाउने गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सरोजकुमार कुश्वाहाको भनाइ छ। ‘उहाँहरू पर्यटकजस्तो भ्रमणमा आएर जानुहुन्छ’, मन्त्री कुश्वाहाले भने, ‘प्रदेश २ मा सरुवा भएर आउने कर्मचारी काठमाडौंबाट हिँडेलगत्तै सरुवाको मानसिकता बोकेरै आउँछन्।’

चालू वर्ष २९ अर्ब ७८ करोड बजेट छ। पुँजीगत बजेटको आकार १४ अर्ब ९६ करोडभन्दा बढी छ। विकास बजेट कार्यान्वयन सुस्त छ। बजेट फ्रिज हुने सम्भावना बढेको छ। सरकारले सवारी साधन, कार्यालय व्यवस्थापनबाहेक शीर्षकका बजेट खर्चन सकेको छैन। प्रदेश सरकारमातहतका कार्यालयले पूर्णता पाउन सकेका छैनन्। सरकारले नीति तथा कार्याक्रम राम्रो ल्याए पनि कार्यान्वयनमा समस्या देखिएको छ। यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्