Logo

विप्लवका जिल्ला अध्यक्ष पक्राउ



Spread the love

२७ बैशाख, पाल्पा – नेत्रविक्रम चन्दले नेतृत्व गरेको समूहको अनेरास्ववियु क्रान्तिकारी पाल्पाका अध्यक्ष मुक्ति गैरेलाई प्रहरीले पक्राउ गरेको छ ।

 

बिहीबार साँझ ७ः३० बजे जिल्ला सदरमुकाम तानसेनको वसन्तपुरबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वासुदेव नेपालले जानकारी दिए ।

पक्राउ परेका गैरे समूहको सचिवालय सदस्यसमेत रहेका छन् । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्