Logo

राष्ट्रपति विद्यादेवी भण्डारी नयाँ वर्षमा भारत जादै



Spread the love

bidhya-bhandari

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केको एक सातापछि राष्ट्रपति विद्यादेवी भण्डारी अर्को छिमेकी मुलुक भारत भ्रमणमा जाने भएकी छन् भन्ने खबर  आजको कान्तिपुरमा छापिएको छ ।

राष्ट्रपति भण्डारी वैशाख ४ गते भारत भ्रमणमा जाने तिथि तय भएको छ । उनले वैशाख ५ मा नयाँ दिल्लीमा उच्चस्तरको भेटवार्ता गर्ने गरी भ्रमण तय भएको जानकारी परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । उनको भ्रमण तालिका केही दिनमा सार्वजनिक गरिनेछ । यसअघि चैतको दोस्रो साता त्यसतर्फ जाने तयारी भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्यस्तता र भारतीय राजदूत पनि नभएका कारणले उनको भ्रमण दुई साता पछि सरेको हो ।

‘अहिले सम्मको तयारीअनुसार राष्ट्रपछि वैशाख ४ मा भारत जाने र त्यहाको भ्रमण तालिका तय हुँदा चार या पाच दिन बस्ने कार्यतालिका बन्दैछ,’ परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो, ‘दिल्ली वैशाख चार मा पुग्ने । पाँचमा भेटघाट गर्ने र ६ गते बनारस हिन्दु विश्वविद्यालयको कार्यक्रममा सहभागी हुने गरी तालिका तय भए पनि अन्य स्थान कहाँ जाने भन्ने विषय अझै टुंगो लाग्न बाकी छ ।’ प्रस्तावित मिति अनुरूप उनको पहिलो भारत भ्रमण पाँच वा ५ दिने हुनेछ । राष्ट्रपतिको भारत भ्रमणको क्रममा सामान्य खालका दुईपक्षीय समझदारीहरु समेत हुनेगरि काम अघि बढेको छ । ‘ड्रग ट्राफिकिङ’ नियमन गर्ने विषयमा दुई पक्षीय सहमति र साना विकास परियोजना सहयोग सम्बन्धी सम्झौताहरुमा छलफल भइरहेको भ्रमणको तयारीमा संलग्न एक अधिकारीले बताए ।

भण्डारीको पहिलो विदेश भ्रमणको तयारीमा सरकार जुटेको तीन महिनापछि भ्रमण तय भएको राष्ट्रपति कार्यालयका अधिकारीहरू बताउछन् । करिब एक वर्ष अघि भ्रमणको सबै तयारी पुरा भए पनि अन्तिम समयमा स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्