Logo

एकान्तकुनामा भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु



Spread the love

२७ बैशाख, काठमाडौं ।

ललितपुरको एकान्तकुनामा भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बा २१ च १३३३ नम्बरको भ्यानले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३५ वर्षीय भारतीय नागरिक अमरे आलम रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आलम हाल काठमाण्डौको कुलेश्वर बस्दै आएका थिए ।

भ्यानका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्