Logo

दोहोरो नागरिकता : भारतबाट रासन, नेपालबाट वृद्धभत्ता



Spread the love

२७ बैशाख, काठमाडौं ।

सुनसरीको सदरमुकाम इनरुवाका व्यापारी छगनलाल शर्माले नेपाल र भारतको दोहोरो नागरिकता लिएको पाइएको छ। इनरुवा बजारमा सुरज फेन्सी स्टोर कपडा पसल सञ्चालन गरेर बसेका उनले ३४ वर्षको उमेरमा २०३४ सालमा नेपालमा वंशजको नागरिकता लिएका थिए।

नेपालको नागरिकता नम्बर ६२५६ र २७१९ रहेका उनले भारतको नागरिकता पनि त्यागेका छैनन्। भारतीय मतदाता परिचयपत्र नम्बर आईएक्सक्यूर०३३०५१९ रहेको उनको भारतको राजस्थानस्थित बेकानेर जिल्ला वडा २७ मा (नारायण निवास घर नम्बर २७६ के) दुईतले घर छ। उक्त घर उनकी दिवंगत श्रीमती सुशीलादेवीका नाममा छ। सुशीलादेवीले पनि नेपालको नागरिकता लिएको देखिन्छ।

२०००००८१०६८६ नम्बरको रासनकार्ड लिएका छगनलालले २०२९४ नम्बरको मगनलाल रामावतको पसलबाट भारत सरकारले दिने रासन लिने गरेको देखिएको छ। छगनलालले २०१७ मा राजस्थानको बिकानेर जिल्लामा विधानसभा निर्वाचन क्षेत्र नम्बर १३ मा मतदान गरेको समेत भारतीय निर्वाचन आयोगको वेबसाइटमा देखिन्छ। उनले नेपालमा वृद्धभत्तासमेत लिइरहेका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्