Logo

प्रहरीद्वारा मोबाइलको एपबाट चिट चोर्ने ३ जना विद्यार्थी पक्राउ



Spread the love

२७ वैशाख, सप्तरी । सप्तरीमा परीक्षाको क्रममा चिट चोर्ने तीन विद्यार्थीलाई मुद्दा हालिएको छ । १२ कक्षाका ३ जना विद्यार्थीहरूले परीक्षाको क्रममा मोबाइल एपबाट चिट चोरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिपेश सरदार, रामप्रसाद हुमागाईँ र रञ्जित कुमार मण्डल रहेका छन् । विद्यार्थीले परीक्षामा मर्यादा बाहिरी गएर चिट गरेको कसुरमा जिल्ला अदालतबाट बुधवार म्याद थप गरी विद्यार्थी माथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गत मङ्गलवारको सञ्चालित कक्षा १२ को परीक्षामा गणित विषयको दिन चिट गर्ने अवस्थामा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा ३ जनालाई सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय मावि परीक्षा केन्द्रबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार परीक्षार्थी सरदारले मोबाइलको इन्टरनेट डाटा खुल्ला गरी मोबाइलको एप ‘इमो’ मार्फत् गणित विषयको प्रश्नको उत्तर प्राप्त गरी चिट गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्