Logo

सेथुमा सम्बाको निरन्तर गोल



Spread the love

२७ वैशाख, काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सावित्रा भण्डारी र अनिता बस्नेत सम्मिलित सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगमा लगातार तेस्रो जित निकालेको छ ।

शुक्रबार स्पोर्टस् एकडेमी अफ इन्डियालाई सेथुले ९–० को फराकिलो अन्तरले हराउँदा सावित्राले १ गोल गरेकी थिइन् ।तर , सावित्रा शुक्रबारको खेलमा पहिलो रोजाइमा नपर्दा अनिता भने आजको खेलमा पहिलो रोजाइमा पर्न सफल भएकी थिइन् ।

सेथुको जितमा रतनवाला ४, सन्ध्याले २ तथा इन्दुमती, ग्रेस र सावित्राले समान १ गोल गरेका थिए ।

तीन खेलमा गोल गरेकी सावित्राले पहिलोमा ४, दोस्रा र तेस्रोमा समान १ गोल गरेकी थिइन् । आइतबार सेथुले कोल्हापुर सिटिको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्