Logo

ललितपुर चापागाउँका स्थानीयद्वारा सडक अवरुद्ध



Spread the love

२७ वैशाख, ललितपुर l ललितपुर चापागाउँका स्थानीयले बिहान दुई घण्टा सडक अवरुद्ध गरेका छन्।

स्थानीयबासीले आन्दोलन गरी त्यहाँको पउली, बुलु, बज्रबाराही र चापागाउँसडक कालोपत्रेको माग गर्दै दुई घण्टा सडक अवरुद्ध गरेका हुन् ।

निर्माण कम्पनीले ०७२ सालमा उक्त सडक मर्मत र विस्तारको जिम्मा लिएपनि ४ वर्ष बितिसक्दा पनि काम सम्पन्न गर्ने कम्पनी र उपत्यका सडक विस्तार आयोजना कार्यालयले काम सम्पन्न नगरेपछि स्थानीयबासीले शुक्रवार बिहान ८ देखि १० बजेसम्म सडक अवरुद्ध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्