Logo

माथिस डे लिग्ट क्याटलान क्लब बार्सिलोना जाने निश्चित



Spread the love

२७ वैशाख, काठमाडौँ । डच टोली आयाक्सलाई युरोपेली च्याम्पियन्स लिगमा सेमिफाइनलसम्म पुर्याएका युवा कप्तान माथिस डे लिग्ट क्याटलान क्लब बार्सिलोना जाने निश्चित भएका छन् ।

युवा अवस्थामै राष्ट्रिय टोलीको भरपुर अनुभव बटुली सकेका डे लिग्टलाई विश्वकै सर्वोत्कृष्ट उदीयमान खेलाडी मानिएको छ । उनले १९ वर्षको उमेरमा नै टोलीको कप्तानी समालिसकेका हुन् ।

डे लिग्टको लिएर दुई क्लबबीच अनुबन्धन रकमबारे सम्झौता भइसकेको छ ।बार्सिलोनाले उनलाई क्लबमा भित्र्याउन ७० मिलियन युरो खर्चने भएको छ । उनलाई म्यानचेस्टर युनाइटेडले भित्र्याउने प्रस्ताव गरेपनि डे लिग्ट आफैंले बार्सिलोना रोजेका हुन् ।

‘अब केहि खेल डे लिग्टका लागि आयाक्सको जर्सीमा अन्तिम खेल हुने छन् । उनी सायद इंग्ल्यान्ड वा स्पेनको क्लबमा जानेछन्,’ भान डर सारले भने ।

प्रतिक्रिया दिनुहोस्