Logo

जान्नुहोस् बदाम खानुका अमुल्य फाइदाहरु



Spread the love

 

प्रायजसो सबै मानिसले बदाम रुचाउने गर्दछन् । सायद कम जनालाई मात्र होला मन नपर्ने । मानिसले बदामलाई आफ्नो टाईम पासको लागि पनि चपाउने गर्दछन् किनकि बदाममा पौष्टिक तत्व मात्र नभई शरीरमा चाहिने औषधीको रूपमा पनि काम गर्ने गर्दछ ।

हेर्नुहोस् बदाम खानुका फाइदाहरु :

तौल नियन्त्रण गर्छ

मानिसहरुले बदाम खानाले आफ्नो शरीरको तौललाई नियन्त्रण गर्न सक्दछन् भने नियमित बदामको प्रयोग गर्नाले मोटोपना घट्ने देखिन्छ ।

क्यान्सर हुनबाट जोगाउँछ

मानिसले बदामको प्रयोग गर्नाले बदाममा भएको ‘फाईटोस्टेरोल’ नामक तत्वले ट्युमरलाई नियन्त्रण गरी क्यान्सर हुनबाट पनि जोगाउँदछ ।

कोलेस्ट्रोल तह नियन्त्रण गर्छ

बदाममा पाइने विभिन्न तत्वको कारण शरीरलाई सन्तुलित कायम गरी अनेक रोगको जोखिमबाट पनि बचाउँदछ ।

डायबिटिजबाट जोगाउँछ

बदाम खानाका कारण शरीरमा उचित मात्रामा ब्लड सुगर लेबल मेन्टेन गर्नका साथै डायबिटिजको समस्याबाट जोगाउँदछ ।

स्ट्रोकको खतराबाट जोगाउँछ

बदामको प्रयोग गर्नाले त्यसमा भएको विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ र खनिज तत्त्व पाइन्छ, जसका कारण हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउन मदत गर्दछ ।

डिप्रेसनबाट जोगाउँछ

दिनहुँ बदामको प्रयोग गरेमा यसमा भएको ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनबिद्ध लड्न सहयोग गरी डिप्रेसनबाट जोगाउँदछ । सो कारण डिप्रेसनबाट बच्नका लागि बदाम खाने बानी बसाल्नुपर्दछ ।

शिशुलाई स्वस्थ बनाउँछ

यदी शिशुलाई स्वस्थ बनाउनुछ भने बदाम खुवाउने गर्नुपर्दछ । किनकी यसमा भएको फोलिक एसिडले दिमाखमा देखिने समस्याबाट बचाउने गर्दछ ।

छालामा चमक ल्याउँछ

बदाम खानाले शरिलाई स्वस्थ बनाउनुका साथ साथै यसमा भएको ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिर्जभेट्रोल’ तत्वले मानिसको छालालाई नरम र चम्किलो बनाउँदछ । यदी कसै मानिस बृद्धपनाबाट बच्न चाहन्छन् भने सो बादाम खाने गर्नुपर्दछ ।

कपाल सुन्दर बनाउँछ
बदामको सेवन गर्नाले स्वस्थ लगायत कपाललाई सुन्दर बनाउनुको साथै कपाल झर्नबाट पनि जोगाउँदछ ।

प्रतिक्रिया दिनुहोस्