Logo

आफ्नै बाबुले गरे ११ महीने छोरीको आगो लगाएर हत्या



Spread the love

२७ वैशाख, दार्चुला । व्यास गाउँपालिकामा एक बाबुले आगो लगाएर आफ्नै छोरीको हत्या गरेका छन् । बिहीबार राति बाइस वर्षीय नवीन विष्टले आफ्नो ११ महीने छोरी अनुस्काको आगो लगाएर हत्या गरेका हुन् ।

घर नजिकै रहेको खरमा आगो लगाएर छोरीको हत्या थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नवीन विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ । हत्या गर्नाको कारण भने खुलाइएको छैन ।

प्रहरीले शुक्रबार बिहान उनीहरुलाई घरबाटै पक्राउ गरी सदरमुकाम ल्याईएको छ । राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति प्रहरीले नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्