Logo

कसरी पाउन सकिन्छ सास गन्हाउँने समस्याबाट छुटकारा ?



Spread the love

प्रत्येक मानिसहरुमा एउटा न एउटा समस्या वा कमजोरी रहेको हुन्छ जस मध्ये सास गन्हाउने पनि एक जटिलताको समस्या रहेको छ । मानिसहरूले यसबाट छुटकारा पाउनका लागी के के नगर्ला र ? तर पनि बेक्कार नै साबित हुन्छ । सास गनाउने हुँदा आफूलाई मात्र नभएर वरिपरिका व्यक्तिहरूमा पनि यसको नकरात्मक असर परी रहेको हुन्छ । केही त्यस्ता ब्याक्टेरिया हुन्छन् जसका कारणले सास गन्हाउने गर्दछ । तर अब यस समस्याबाट पनि छुटकारा पाउन सकिन्छ, हेर्नुहोस् उपायहरू:

  • जस व्यक्तिको सास गन्हाउछ त्यस व्यक्तिले दिनको २ पटक सम्म दाँत माझ्नु पर्दछ जसबाट अलि राहत मिल्ने गर्दछ ।
  • ताजा सास पाउनुको लागि दिनहुँ फ्ल्स लिनुपर्दछ । जसबाट दाँतभित्र अड्किएका र मुखमा टाँसिएका तथा लुकेका फोहोरजन्य पदार्थहरु समेत मुखबाहिर फाल्न सहयोग पुर्यौदछ ।
  • दाँत माझ्ने क्रममा नुनिलो टुथपेस्ट प्रयोग गर्नुपर्दछ, जसबाट दाँतलाई बचाउने मात्र नभई मुखको दुर्गन्ध पनि हटाउन सहयोग गर्दछ ।
  • यदि कसै मानिसको मुख सुख्खा हुन्छ भने त्यस्ता व्यक्तिहरूले बढी मात्रामा पानी पिउनु पर्दछ ।
  • यदि सास गन्हाउँने व्यक्तिले दहीको प्रयोग गरेमा यस समस्याबाट मुक्ति मिल्न सकिन्छ ।
  • सासलाई स्वच्छ बनाउनका लागी चुइगम बढी मात्रामा चपाउने बानी बसाल्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्