Logo

तीन दिनदेखि पानी नपरेपछि देशभर अत्याधिक गर्मी



Spread the love

२७ वैशाख, काठमाडौं। तीन दिनदेखि पानी नपर्दा देशभर चर्को गर्मी बढेको छ। पानी नपर्दा नेपालगञ्जको तापक्रम अहिले ४३ डिग्री पुगेको छ भने काठमाडौंमा पनि उच्च गर्मी रहेको छ। केहि साताअघि बंगालको खाडीबाट आएको सामुद्रिक आँधी ‘फानी’को प्रभावले धेरै पानी परेको थियो । त्यसयता भने पानी नपरेपछि गर्मी ह्वातै बढेको छ ।

बर्षातको सिजन सुरु हुन लागे पनि तर, केही दिनदेखि देशभरको मौसममा परिवर्तन आए संगै गर्मी बढेको हो। देशका अधिकाशं भागमा अहिले तापक्रम बढेसँगै गर्मीले सताएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै केही दिनसम्म पानी नपर्ने जनाएको छ।

दिनभरिको चर्को गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ। भने काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागेको छ। तत्काल पानी पर्ने सम्भावना नरहेको महाशाखाले जानकारी दिएको छ।

अहिलेसम्म सबैभन्दा धेरै गर्मी नेपालगन्जमा रहेको छ। नेपालगन्जको तापक्रम हाल ४३ डिग्री सेन्सियस रहेको छ। त्यसपछि सबैभन्दा धेरै गर्मी धनगढीमा छ। धनगढीको तापक्रम शुक्रबार ४२.८ डिग्री सेल्सियस छ। काठमाडौं उपत्यकामा पनि वर्षकै चर्को गर्मी भएको छ।

महाशाखाका अनुसार शुक्रबार काठमाडौं उपत्यकाको तापक्रम वर्षकै उच्च ३१.३ डिग्री पुगेको छ। चर्को गर्मीसँगै उपत्यका र बाहिरका विभिन्न जिल्लाहरुमा सरुवा रोगका विरामीहरु बदन थालेका छन् । उपत्यकामा हैजाका समेत विरामी भेटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्