Logo

दैनिक ८ सय नेपाली जान्छन्न भने फिर्ता आउछन चारवटा शव !



Spread the love

clisahqvyaazxnz

वैदेशिक रोजगारीका लागि दैनिक सातदेखि आठ सय नेपाली जाने गरेका छन् । चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी कतार र मलेसियामा जाने गरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी रमा भट्टराईले जानकारी दिएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

—उनका अनुसार आर्थिक वर्ष ०७१-७२ सम्म वैदेशिक रोजगारीका लागि दैनिक १५ सय नेपाली जाने गरे पनि गत वर्षदेखि यो क्रम घटेको छ । नेपाल एयरलाइन्स कार्गो डेलिभरी अर्डर सेक्सनका कर्मचारी मुरारीप्रसाद अधिकारीका अनुसार एकैदिन १० वटासम्म शव नेपाल आउने गरेको छ । दैनिक सरदरमा चारजनाको दरले विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल आउने गरेको उनले बताए ।

विदेशी अस्पतालमा नेपाली : कतारमा करिब सातजना नेपाली कोमामा उपचाररत रहेको सरकारलाई जानकारी भए पनि अन्य कुन–कुन देशमा के–कति नेपाली आइसियू र कोमामा उपचाररत छन् भन्नेबारे थाहा नभएको कन्सुलर सेवा विभागले जनाएको छ । विदेशी अस्पतालमा उपचाररत नेपालीलाई नेपाल ल्याउन उपचाररत अस्पतालले समेत नेपालबाट बिरामीको उपचार सम्भव रहेको जानकारीपत्र पठाए मात्र स्वदेश रिफर गर्छ । प्रक्रिया झन्झटिलो र बिरामीलाई विदेशमै उपचार गराउँदा उपचार खर्च कम्पनीले बेहोर्ने हुँदा बिरामीका आफन्तले सकेसम्म विदेशमै उपचार होस् भन्ने चाहन्छन् । यसकारण पनि विदेशी भूमिमा उपचार गराउँदागराउँदै कतिपय नेपालीको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्