Logo

के बाघलाई पर्छ क्यामराको आवश्यकता ?



Spread the love

चन्द्रपुरमा पर्यटकको हातबाट प्रोफेसनल क्यामरा खस्दा बाघले लगेको छ। एक पर्यटक जो घुम्ने क्रममा चन्द्रपुर जिल्लाको ताडोबा टाइगर रिजर्भ पार्कमा पुगेका थिए । घुम्दै जाने क्रममा उनको हातबाट क्यामरा खसेको हो ।

क्यामरा खसेको देखे पश्चात् बघिनी र उसका डमरुहरूले क्यामरा च्यापेर जङ्गल भित्र पसेका हुन् । तर जब पर्यटकले आफ्नो क्यामरा फिर्ता लिन खोजे तब बघिनी लगायत उसका परिवारले पर्यटकलाई झम्टिन खोजेपछि ज्यान जोगाउने क्रममा वन विभागको कार्यालय गएका थिए ।

पर्यटकले जब आफ्नो दुख प्रकट गरे त्यस पश्चात् उनी लगायत अधिकारीहरू ताडोबा जङ्गलमा गएका थिए । सबै जना मिलेर क्यामरा खोज्ने क्रममा नजिकै झाडीमा क्यामेरा भेटियो तर सबै फुटिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्