Logo

के पुरुषहरू पनि गोरो बन्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अपनाउनुस् यी घरेलु तरिका



Spread the love

आजभोलीको जमानामा सौन्दयको विषयमा महिला मात्र होईन पुरुषहरूले पनि बढी ध्यान दिन थालिसकेका छन् । पुरुषहरू जो कोही पनि आफू गोरो राम्रो होस् भन्ने चाहन्छन् र सबैजनाको ध्यान आफू प्रति केन्द्रित होस् भनेर पुरुषहरू पनि विभिन्न थरिका  क्रिमहरू अपनाई रहेका हुन्छन् । तर केही घरेलु उपायहरुछन् जसले पुरुषलाई गोरो र राम्रो बनाउँन मदत गर्दछ ।

– कागतीको साथ मह लगाउँदा त्वचामा निखार आउन थाल्छ ।

– बदाम, चन्दन, निमको पाता र बेसार दूधको साथ लेप बनाएर लगाउनुहोस् र १५ मिनेट सम्म राखेर मनतातो पानीले धुनुहोस्, जसले त्वचाको रङ्गमा परिवर्तन आउँछ ।

– जैतुनको तेल र आर्गन तेलले मालिश गर्दा अनुहार गोरो हुन्छ र त्वचामा चमक आउँछ ।

– बेसन र दही मिलाएर लगाउँदा अनुहारको चमक बढ्छ र अनुहार सफा हुन्छ ।

-चन्दन लगाउँदा गोरो रङ्ग प्रदान गर्दछ भने एलर्जी र डन्डीफोरको समस्याबाट पनि छुट्कारा दिलाउँछ ।

– एलोभेराको जेलले अनुहारमा राम्रो मोइश्चराइजर पनि हुन्छ ।

-चिनीलाई कागतीको रसमा मिलाएर हल्का हातले अनुहारमा लगाउँदा अनुहारमा भएका फोहोर बाहिर निस्किन्छ ।

प्रतिक्रिया दिनुहोस्