Logo

यस्ता छन् फलफूलका बोक्राहरुबाट हाम्रो शरीरमा हुने फाइदाहरु



Spread the love

सामान्यतय हामीहरु जुनसुकै फलफूलहरु खाँदा बोक्राहरु फाल्ने गर्दछौ, वास्तवमा फलफूलमा भन्दा बढी बोक्राहरुमा पौष्टिक तत्वको मात्रा बढी हुने गर्छ जसले गर्द विभिन्न थरिका रोगहरुलाई निको पार्ने गर्दछ ।

फलफूलका अपत्यारिलो फाइदाहरु यस्ता छन्:

-सुन्तलाको बोक्रामा प्रशस्त पौष्टिक तत्वहुने हुँदा बोक्रालाई चपाएर खाँदा मुटुसम्बन्धी रोग लाग्ने जोखिमलाई कम गरिदिन्छ ।

-अनारको बोक्रामा आइरन प्रशस्त मात्रामा पाइने हुनाले यसको बोक्रा खाँदा रक्तअल्पतालगायत समस्याबाट जोगाउँछ ।

– केरामा भन्दा यसको बोक्रा बढी उपयोगी हुन्छ । केराको बोक्रामा फाइबर उच्च मात्रामा पाइन्छ, जसले गर्दा शरीरको सम्पूर्ण प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ।

– कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ जसको उपयोगबाट रोग प्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ।
– स्याउको बोक्रा पनि हाम्रो शरीरको लागि अति उपयोगी हुन्छ जसले गर्दा क्यान्सरबाट बचाउने तत्व हाम्रो शरीरलाई प्राप्त गराउँछ ।

प्रतिक्रिया दिनुहोस्