Logo

मुसा मार्ने बिषले लियो बालकको ज्यान



Spread the love

२७ वैशाख, मोरङ । मोरङमा मुसा मार्न राखिएको विषादी खाँदा नाबालकको ज्यान गएको छ । मोरङको लेटाङ नगरपालिका–९ मा बसोबास गर्ने स्थानीय दिलु बरालका नाबालक छोरा राज बरालले मुसा मार्न कचौरामा राखिएको बिषादी पानी झुक्किएर पिउँदा मृत्यु भएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर योगराज खतिवडाका अनुसार खेल्दै गरेको क्रममा बच्चाले तिर्खा लागेर विष पानी पिउँदै गरेको अवस्थामा आमा दिलुले देखेकी थिइन्।

पानी पिएको केही बेरमै बिरामी भएपछि राजलाई उपचारका लागि स्थानीय अस्पतालमा लगियो तर सो अस्पतालमा उपचार नभएपछि घाइतेलाई थप उपचारको क्रममा विराटनगरको नोबेल शिक्षण अस्पताल लागिएको थियो । तर सोही अस्पतालमा उपचारकै क्रममा गत राती नाबालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्