Logo

सन्दीप सम्मिलित दिल्लीको फाइनल पुग्ने दाउ



Spread the love

 

२७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग अन्तर्गत पहिलोपटक उत्कृष्ट लयमा देखिएको नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली फाइनलमा पुग्ने लक्ष्यमा रहेको छ ।

आज चेन्नई र दिल्ली आमने सामने हुदैछ । खेल नेपाली समयअनुसार साँझ ७ः४५ बाट हैदरावादको वैकल्पिक घरेलु मैदान सुरु हुनेछ । दुवै टोलि फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रने छ । विजेता टोलीले फाइनलमा मुम्बई इन्डियन्सविरुद्ध उपाधिका लागि प्रतिस्‍पर्धा गर्नेछ।

पहिलो क्वालिफायरमा चेन्नईलाई हराउँदै मुम्बईले फाइनल स्थान पक्का गरिसकेको छ। फाइनल खेल आइतबार हैदरावादको राजीव गान्धी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुनेछ। उक्त फाइनलको लागि दुई मिनेटमै पूरै टिकट बिक्री भइसकेको छ।

नेपाली युवा स्पिनर सन्दीप लामिछानेको भने उनको प्लेइङ ११ को सम्‍भावना भने कमजोर छ। महेन्द्रसिंह धोनीको उत्कृष्ट कप्तानी प्रदर्शनमा क्वालिफायरसम्म चेन्नई पुग्न सफल भएको हो । त्यसो त दिल्लीपनि कप्तान ऋषभकै भरमा प्लेअफ सम्म पुगेको हुनाले आज दुवै टिमको कप्तानको परीक्षाका रूपमासमेत खेललाई हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्