Logo

माटोको भाँडाको पानी पिउनाले हुन्छ यस्तो फाइदा



Spread the love

 

मानवीय जीवनमा सायद पानीको जस्तो महत्त्व अरू कुनै कुराको छैन होला ? किनकि पानी मात्र एउटा यस्तो चिज हो जसको आधारमा मानिस जीवित रहेको छ । मानिस दिनभरि खानेकुरा नखाई बस्न सक्छ तर पानी नपिई बस्न भने गारो नै हुन्छ l अहिलेको गर्मी मौसममा मानिसहरू तातो पानी भन्दा चिसो र सफा पानी पिउन रुचाउँछन् । त्यसका लागी फिल्टर र फ्रिजको प्रयोग गरिरहेको पाइन्छ । तर फ्रीजमा राखिएको पानी पिउनाले जोर्नीको समस्याका साथै बढी चिसो पानी पिउने हुँदा घाँटी दुख्ने समस्या पनि हुने गर्दछ । पानी चिसो होस् र कुनै प्रकारको समस्या देखा नपर्नु..का लागि माटोको भाँडोमा राखिएको पानी पिउनु उपयुक्त हुन्छ । माटोको भाँडोमा राखिएको पानी चिसो हुनुका साथ साथै स्वास्थ्यलाई पनि फाइदाजनक हुने गर्दछ ।

माटोको भाँडोमा पाइने यी तिन फाइदाहरु

  • फ्रीजमा राखिएको प्लास्टिकका बोतल जसका कारण अशुद्धिहरू पानीमा जम्मा हुन पुग्छन् । यसबाट  धेरैथरीका रोगहरु लाग्न सक्दछ । सो कारण फ्रिजमा पानी राख्नु भन्दा नराख्ने राम्रो रहन्छ। पानी माटोको भाँडोमा राखेमा रोग लाग्न सक्दैन किनकि माटोमा रोगसँग लड्ने धेरैथरी क्षमताहरू हुन्छन् ।
  • खाना खाए लगतै पनि को चिसो पनि पिउनु हुँदैन किनकि यसबाट पनि पाचनशक्ति खराब हुन् सक्दछ । सो कारण माटोको भाँडोमा राखिएको पानी पिउनु पर्दछ ।
  • पैदल यात्रा गर्ने क्रममा मानिसलाई प्यास लागि चिसो पानी पिई दिन्छन् । तर बढी चिसो पानी पिउनाले गलामा समस्या हुन् पुग्दछ । सो कारणले माटोको भाँडोमा राखेको पानी पिउनु उचित रहन्छ ।

प्रतिक्रिया दिनुहोस्