Logo

स्थानीयको निरन्तर दबाबपछि चापागाउँ-सातदोबाटो सडक मर्मत सम्भार हुने



Spread the love

२७ वैशाख, ललितपुर । तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक स्थानीयको निरन्तर दबाबपछि अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ ।

लामो समयदेखि धुवाँधुलो र हिलो खेपी रहेको चापागाउँबासीले बिहीबार र शुक्रबार एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।

सडक मर्मतको काम तत्काल शुरु नभए शनिबारदेखि अनिश्चितकालीन सडक बन्द गर्ने चेतावनी स्थानीयवासीले नगरपालिका प्रमुखलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्