Logo

भाइको छुरा प्रहारबाट दाई गम्भीर घाइते



Spread the love

२७ वैशाख, सोलुखुम्बु । भाइले छुरा प्रहार गर्दा दाई घाइते भएका छन्। सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा २९ वर्षका श्याम राईले छुरा हान्दा उनका ३८ वर्षका दाजु मोविन राई घाइते भएका हुन्।

दाजुभाइको गीत बजाउने विषयलाई लिएर विवाद हुँदा छुरा प्रहार भएको प्रहरीले जनाएको छ। ठूलो आवाजमा गीत नबजाउन आग्रह गर्दा भाइले दाइलाई छुरा प्रहार गरेको थियो।

अहिले घाइतेको नेचा सल्यान सामुदायिक अस्पतालमा उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल फाप्लुमा राखिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुखले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्