Logo

ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



Spread the love

२७ वैशाख , काठमाडौं । बाजुरा सदरमुकामबाट लु ४ त ७८१ नम्बरको ट्रयाक्टर कोल्टि जादै गर्दा दुर्घटना हुँदा एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्।

दुर्घटनामा २१ वर्षिय डपेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ। खड्काको उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा चालक सहित दुई जना घाइते भएका छन्।

घाइते हुनेमा चालक कैलालीका १९ वर्षिय खगेन्द्र चौधरी र स्वामी कार्तिक गाउँपालिका–३ का प्रकाश शाही रहेका छन्। घाइते दुबै जनाको कोल्टि स्वास्थ्य संस्थामा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्