Logo

आज मिति २०७६ साल बैशाख २८ गते शनिबार, आजको राशीफल



Spread the love

आज मिति २०७६ साल बैशाख २८ गते शनिबार । आजको राशीफल यस प्रकार रहेको छ।। तपाईहरूको दिन शुभ रहोस्।

मेष – वैदेशिक यात्राको अवसर मिल्नेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ ।

वृष – व्यापारमा विचलन आउनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

मिथुन – रोजगार प्राप्त हुनेछ , नेतृत्व क्षमता बढ्नेछ ।  जागिर प्रति रुचि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

कर्कट – मन अस्थिर रहनेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । विवाद बढ्नेछ ।

सिंह – मनोरञ्जनमा खर्च बढ्नेछ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । बुद्धि बढ्नेछ ।

कन्या – संगीतमा रुचि बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ । प्रेममा सफल हुनेछ । बुद्धि बढ्नेछ ।

तुला – सञ्चित धन खर्च हुनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । परिवारमा मेलमिलाप हुनेछ ।

वृश्चिक – कार्यमा बाधा उत्पन्न हुनेछ ।  प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । सामाजिक प्रभाव बढ्नेछ । खर्च बढ्नेछ ।

धनु – न्यायिक क्षेत्र सफल हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । आकस्मिक धन प्राप्ति हुनेछ । हर्ष बढ्नेछ ।

मकर – स्वास्थ्यमा सुधार आउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मनमा चञ्चलता बढ्नेछ ।

कुम्भ – पारिवारिक सद्भाव बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । यात्रा हुनेछ ।

मीन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला ।  आकस्मिक धन खर्च हुनेछ । मित्र भेट होला ।

 

प्रतिक्रिया दिनुहोस्