Logo

रोजगारी दिने भन्दै १ सय ११ युवा ठग्ने २ पक्राउ



Spread the love

२८ बैशाख, काठमाडौ ।

सिन्धुलीमा रोजगारी दिने भन्दै १ सय ११ युवालाई ठगी गर्ने गालेञ्जर गाउँपालिका ४ का एकेन्द्र मगर र हेमराज गुरुङ पक्राउ परेका छन्। ग्रिन क्लब नेपालका विभागीय अध्यक्ष बताउने एकेन्द्र र जिल्ला संयोजक भन्ने हेमराजलाई पक्राउ गरेको सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

हेमराजलाई वैशाख १८ गते र एकेन्द्रलाई २५ गते काठमाडौंको बौद्धबाट पक्राउ गरिएको थियो। महानगरीय प्रहरी वृत्त बौद्ध काठमाडौंले पक्राउ गरेर अनुसन्धानसहित कानुनी कारबाही गर्न बिहीबार सिन्धुली ल्याएको हो ।

स्वास्थ्यसम्बन्धी गाउँगाउँमा गएर काम गर्नुपर्ने र त्यसबापत मासिक ४० हजार रुपैयाँ दिने भनेर युवालाई उनीहरूले काममा लगाएका थिए। काम गर्नुपूर्व तालिम लिनुपर्ने भन्दै उनीहरूले प्रतिव्यक्ति ६ हजार ७ सय रुपैयाँ पैसासमेत उठाएका थिए।

प्रतिक्रिया दिनुहोस्