Logo

शौचालय र पानीको अभावमा रजस्वला हुँदा विद्यालय छाड्न बाध्य छात्रा



Spread the love

२८ बैशाख, काठमाडौ ।

विद्यालयमा व्यवस्थित शौचालय र पानीको अभावका कारण हुम्लाका विकट गाउँबस्तीका छात्राहरु रजस्वला हुँदा विद्यालय जान पाउँदैनन्। उनीहरुले महिनामा चार दिन विद्यालय छोड्नुपर्छ। यस हिसावले एक वर्षमा छात्राहरु ४८ दिन विद्यालय छाड्न बाध्य हुने गरेका छन्। यो समाचार आजको राजधानी दैनिकमा छ ।

हुम्लाको ताजाकोटको धर्मोदय माविमा हाल ३१८ जना विद्यार्थी अध्ययनरत छन्। जसमा १९२ जना छात्रा छन्। प्रायः कक्षा ६ देखि माथिका छात्राहरु महिनाको एक पटक रजस्वला हुन्छन्। प्राकृतिक रुपमै चार दिनसम्म असहज हुने र बार्नुपर्ने भएकाले महिनाको करिब चार दिन उनीहरु विद्यालयमा नआउने गरेका हुन्।

प्याडको अभावको कारण विद्यालय आउन कठिन हुने गरेको छात्राहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्