Logo

अस्पतालबाट हराएको व्यत्ति नौ दिनपछि मृत फेला



Spread the love
सांंकेतिक तस्बिर

२८ बैशाख, काठमाडौ ।

अस्पतालबाट हराएको नौ दिनपछि भानुका एक वृद्ध मृत भेटिएका छन्। बन्दीपुर गाउँपालिका ४ को बन्दीपुर अस्पतालमा रहेको क्षयरोगसम्बन्धी विशेष आवासीय उपचार केन्द्रमा उपचाररत भानु १० निवासी ५६ वर्षीय बद्रीबहादुर गुइंदेल वैशाख १९ गते बिहीबारबाट हराएका थिए।

उपचारका क्रममा सुरक्षा गार्डको निगरानीमा रहेका गुइंदेल हराएपछि उनको खोजी गरिएको थियो। अस्पताल नजिकै चप्पल र टोपी छाडेर बेपत्ता गुइंदेलका बारेमा केही पत्तो नलागेपछि विभिन्न अड्कलबाजी गरिँदै आएको थियो।

सशस्त्र प्रहरी र जनपद प्रहरी तथा तालिम प्राप्त कुकुर समेतले खोजी गरे पनि पत्तो नलागेका गुइंदेल बन्दीपुर ४ कै सहिद स्मारक पछाडिको भिरमा मृत अवस्थामा भेटिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।

सर्ने प्रकृतिको क्षयरोग लागेका गुइंदेल १० महिनायता आवासीय उपचारमा थिए। उनी बेपत्ता भएपछि लामो समय खोजी अभियान चलाउँदा पनि सफलता हात नलागेको प्रहरीले शुक्रबार भने शव भेटेको हो।यो समाचार आजको अन्नपूर्णमा छ ।

प्रतिक्रिया दिनुहोस्