Logo

ट्रकको ठक्करबाट एकको मृत्यु, आफन्त र स्थानीयले लगाए ट्रकमा आगाे



Spread the love

२८ बैशाख, धनगढी ।

शुक्रवार साँझ धनगढीको राजपुरमा भारतीय नम्वरको ट्रकले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

युपी ३१ टि ४८१७ नम्वरको ट्रकले से ६ प ३२ १७ नम्वरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक धनगढी उप–महानगरपालिका वडा नम्वर ३ का २६ बर्षिय टेकवहादुर बलायरको घटनास्थलमै मुत्यु भएको हो। स्कुटरमा सवार अन्य एक जना भने घाईते भएका हुन्।

त्यसपछि स्थानीयहरुले सडक नै बन्द गरेका थिए । निकै तनावग्रस्त बनेपछि प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको र राति साढे १२ बजेबाट यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्रक चालक भारत लखिमपुरका रवि शंकरलाई नियन्त्रण लिएको छ। उनीमाथि कारवाहीको प्रकृिया अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्