Logo

बार्सिलोनाको नजर आयाक्सका अर्का मिडफिल्डरमा



Spread the love

२८ बैशाख, काठमाडाैँ – युरोपियन च्यामपियन्स लिगबाट लज्जित हुँदै बाहिरिएको बार्सिलोना अहिले जसरी हुन्छ अर्को सिजन च्याम्पियन्स लिग जित्ने रणनीति बनाउन जुटेको छ । जुन रणनितिको पहिलो खुडकिलो खेलाडी किन्ने रहेको छ ।

अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाए अनुसार बार्सिलोनाले यो सिजन ११ जना खेलाडीलाई सरूवा बजारमा बिक्रीका लागि रखेको छ । त्यसैगरी बार्सिलोनाले किन्ने खेलाडीको सूचि पनि लामो नै बनाइरहेको छ । जसमा एथ्लेटिको मड्रिडका विश्वकप विजेता एन्टोइन ग्रिजम्यान देखि डच डिफेन्डर माथिस डे लाइटसम्म अटाएका छन् ।

डच क्लब आयाक्सका फ्रांकी डि जोङलाई क्लबमा आबद्ध गराइसकेको बार्सिलोन अर्का आयाक्सका खेलाडी माथिस डे लाइटलाई किन्ने कसरतसँगै आयाक्सकै भेन डा भिकलाई पनि क्लबमा भित्र्याउने दाउमा लागेको समाचार बाहिरिएको छ । भेन डा भीक आयाक्स  तथा नेदरल्याण्डका भरपर्दा मिडफिल्डर हुन् ।

डि जोङ बार्सिलोनाका खेलाडी भइसकेको अवस्थामा बार्सिलोना डे लाइटको पछि लागेको छ । अब डे लाइट पनि बार्सिलोना आउने निश्चित भएको समाचारले बजार तताएको छ । डे लाइट बार्सिलोनामा डिफेन्स सम्हाल्न सक्ने भएकाले उनलाई ल्याउन बार्सिलोना आतुर छ । त्यसै गरी बार्सिलोनाको शैलीसँग खेल मिल्ने र डि जोङसँग राम्रो तालमेल मिलेकाले बार्सिलोना अब भेन डा भीकको पछि लागेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्