Logo

गुल्मीमा बोरिङबाट खानेपानी सञ्चालन ,स्थानीय हर्षीत



Spread the love

२८ बैशाख, काठमाडाैँ – पहाडी जिल्ला गुल्मीमा बोरिङ प्रविधि अपनाई खानेपानी सञ्चालानमा ल्याइएको छ । खानेपानीको चरम अभाव भएपछी गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ मा बोरिङ प्रणालीबाट खानेपानी समस्याको समधान गर्न लागिएको हो । डिप बोरिङ मार्फत सानो ट्युवेल मेशिनको सहायताबाट जमिन सतहको करिब ४५ मिटर तलबाट पानी निकालिएको वडा अध्यक्ष नारायण बलालले जानकारी दिए ।

रेसुङ्गा नगरपालीकाको आर्थिक सहायतामा उक्त योजना अघि सारिएको हो ।  साथै वडा नम्बर ८ मा पनि छिट्टै डिप बोरिङग प्रविधिबाट खानेपानी सञ्चालन गर्ने वडा अध्यक्ष भरत भलामीले जानकारी दिएका छन् । रेसुङ्गा नगरपालिकाका सबै वडामा खानेपानीको समस्या रहेको छ ।  तर नगरपालिकाले तत्कालको लागि यि २ वटा वडामा मात्र उक्त योजान अघि सारेको हो ।

खानेपानीको चरम अभाव झेलीरहेका नगरवासी डिप बोरिङबाट पानी आएसँगै हर्षीत बनेका छन् तर खानेपानी समस्या दिगो रुपमा समधान हुने हो या होईन भन्ने कुरा चाँही अझै अन्योल रहेको छ ।

यता रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले यो वैकल्पिक उपाए हो र दिगो रुपमा खानेपानी समस्याको समाधान भने  मझाङ्गको खानेपानी आयोजना सम्पन्न भए पछि हुने बताए पनि मझाङ खानेपानी आयोजना भने काठमाडाैँको मेलेम्ची खानेपानी आयोजना जस्तै भएको छ ।

पटक पटक डिपिअार तयार पार्ने तर प्रदेशको डिभिजन कार्यालय कहाँ रहने जस्ता कारणले नगरवासीको आशा विस्तारै निराशामा परिणत हुँदै गएको छ । तर मेयर भुसाललेले भने बढीमा अबको २ वर्षमा उक्त खानेपानी आयोजना सम्मपन्न गर्ने प्रतिद्धता व्यक्त गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्