Logo

बार्यन बराबरीमा रोकिँदा डर्टमण्डले अंक दूरी घटायो



Spread the love

२९ बैशाख, काठमाडाैँ – जर्मन लिग अन्तर्गत लिग लिडर बायर्न म्युनिख र लेपजिगको खेल बराबररूमा सकिएको छ । अाज राति भएको खेलमा गोलका लागि दुवै टिमबाट राम्रा अवशरहरू सिर्जना भएता पनि गोल भनेे हुन नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

लेपजिङको मैदानमा वायर्नका लियोन गोर्टेज्काको गोलले गोलको मान्यता नपाउदा वायर्नले बराबरी खेल्न बाध्य भएको हो । उको भली गोल अफसाइड गोल भएको थियो ।

यो बराबरीसंगै वायर्नले अन्तिम खेल अगाबै लगातार सातौं पटक बुन्डेस लिगाको उपाधि जित्नबाट बन्चित भएको छ ।

उता तालिकाको दोश्रो स्थानमा रहेको बोरूसिया डर्टमण्ले ३–२ को संघर्षपूर्ण जीत निकालेको छ । डर्टमण्का लागि क्रिस्टियन पुलिसिच, थोमस डेलानि तथा मारियो गोट्जेले १–१ गोल गरे ।

बराबरीपछि शीर्ष स्थानको वायर्नले ३३ खेलबाट ७५ अंक जोडेको छ । वायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्डभन्दा २ अंकले अघि रहेको छ । डर्टमण्डको ७३ अंक छ । तेस्रो स्थानको लेपजिङको ६६ अंक छ ।

प्रतिक्रिया दिनुहोस्