Logo

सिन्धुकपको उपाधि जावलाखेलको पोल्टामा



Spread the love

२९ बैशाख, सिन्धुपाल्चोक – सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथ क्लबले चौथो संस्करणको सिन्धुकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा गोर्खा ब्वाईज क्लब रुपन्देहीलाई २-० गोल अन्तरले पराजित गर्दै जावलाखेल च्याम्पियन बनेको हो ।

लामोसाधुस्थित बसन्तपुर मैदानमा १० खेलाडीमा सिमित जावलाखेललाई जित दिलाउन ड्यानियल बेजले दुई गोल गरे । खेलको १८ औं मिनेटमा बेजले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा बेजले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई च्याम्पियन बनाए ।

खेलको ३६ औं मिनेटमा डाम्बियाले रातो कार्ड पाउँदा जावलाखेल १० खेलाडीमा समेटिएको थियो ।

उपाधिसंगै जावलाखेलले ५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता गोर्खाले २ लाख ५० हजारमा चित्त बुझायो ।

प्रतिक्रिया दिनुहोस्