Logo

हाजार्डलाई चेल्सीका ३ अवार्ड



Spread the love

२९ बैशाख, काठमाडाैँ – बेल्जियमका स्टार इडेन हाजार्डले चेल्सी अवार्डमा ह्याट्रिक अवार्ड जितेका छन् ।

चेल्सीले शुक्रबार राति आयोजना गरेको अवार्ड कार्यक्रममा हाजार्डले चेल्सी प्लेयर अफ दि इयर, प्लेयर्स प्लेयर अफ दि इयर र उत्कृष्ट गोलको अवार्ड जितेका छन् ।

हाजार्डले लगातार चौंथो वर्ष चेल्सी प्लेयर अफ दि इयरको अवार्ड जित्दै कीर्तिमान समेत बनाएका छन् ।

अट्याकिङ मिडफिल्डर हाजार्डले यस सिजन चेल्सीका लागि सबै खाले प्रतियोगितामा १९ गोल गर्दै १६ गोलका लागि पास उपलब्ध गराउन सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्