Logo

एन्डर हरेराले युनाइटेड छाड्ने



Spread the love

२९ बैशाख, लन्डन – म्यान्चेस्टर युनाइटेडका फुटबल खेलाडी एन्डर हरेराले यसै सत्रको अन्त्यबाट ओल्ड ट्राफोर्ड छाड्ने स्पष्ट गरेका छन् । मिडफिल्डर हरेराले फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्माइनमा आबद्ध हुने बताइएको छ ।

हरेराको करार यसै सत्रको अन्त्यमा समाप्त हुँदैछ । हरेराको भविष्यका बारेमा युनाइटेडले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन तर २९ वर्षीय स्पेनी खेलाडी हरेराले क्लबको ट्वीटर अकाउन्टबाट आफ्ना समर्थकहरुसँग बिदा मागेका छन् ।

हरेराले ट्वीटमा रातो जर्सी आफ्ना लागि सदैब अविस्मरणीय रहेको बताएका छन् । उनी प्रतिष्ठित फुटबल क्लबहरु आर्सनल, युभेन्टस र इन्टर मिलानसँग पनि जोडिएका थिए ।

हरेराले ट्वीटमा लेखेका छन्, “मैले युनाइटेडको जर्सीमा झण्डै २०० वटा खेल खेलें । इङल्यान्डको प्रतिष्ठित क्लबबाट फुटबल खेल्न पाउनु साँच्चिकै सम्मानको कुरा हो । पाँच वर्षका यी अविस्मरणीय क्षणका लागि धन्यवाद ।”

हरेरा सन् २०१४ मा एथ्लेटिको बिल्बाओबाट युनाइटेडमा आबद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्